← समाचारमा फर्कनुस्
Football Sep 23, 2025 · Swadesh

मार्सेसँग पीएसजीको सिजनको पहिलो हार

मार्सेसँग पीएसजीको सिजनको पहिलो हार

यो खेललाई फ्रान्सेली घरेलु फुटबलको सबैभन्दा ठूलो खेल मानिन्छ । त्यो भनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध मार्से । फ्रान्सेली लिग वानको सोमबार राति भएको त्यही खेलमा मार्सेले पीएसजीलाई १–० ले हरायो । 

त्यसमा मोरक्कोका डिफेन्डर नयेफ अग्वार्डले एक मात्र गोल गरे । दक्षिण फ्रान्समा हावाहुरीसहित ठूलो वर्षाको सम्भावनाबीच यो खेललाई एक दिन पछाडि सारिएको थियो । 

यो नतिजाले पीएसजी अंक तालिकाको शीर्षमा उक्लन असफल रह्यो र १२ अंकमा दोस्रो स्थानमा रह्यो । समान १२ अंकमा मोनाको पहिलो स्थानमा रह्यो । मार्से भने नौ अंकमा छैटौं स्थानमा छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →