← समाचारमा फर्कनुस्
Football Aug 13, 2026 · Swadesh

पीएसजीले फेरि जित्यो यूईएफए सुपरकप

पीएसजीले फेरि जित्यो यूईएफए सुपरकप

डिजाएर डोउको निर्णायक गोलको मदतले च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार एस्टन भिल्लालाई साल्सबर्गमा २–१ ले हराएर यूईएफए सुपरकपको उपाधि जितेको छ । यो सांघुरो जितपछि पीएसजीले युरोपेली क्लब फुटबलमा आफ््नो प्रभुत्व कायम राखेको छ ।

फ्रान्सेली टिमले यो उपाधि जितेको दोस्रो पल्ट हो । उसका लागि ख्विचा क्वारात्स्खेलियाले गोलको खाता खोले । भिल्लाका लागि भने ब्रायन मोड्जोले एक गोल गरे । यसक्रममा १७ वर्षीय खेलाडी यूईएफए सुपरकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् ।

यसअघि पीएसजीले गत वर्ष टोटनहमलाई हराएर यो उपाधि जितेको थियो र अहिले त्यसको सफलतापूर्वक रक्षा पनि गरेको  छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →