← समाचारमा फर्कनुस्
Football Sep 18, 2025 · Swadesh

पीएसजीसँगै लिभरपुल र बायर्नको शानदार सुरुआत

पीएसजीसँगै लिभरपुल र बायर्नको शानदार सुरुआत

लिभरपुलले फेरि एकपल्ट इन्ज्युरी समयको गोलमा जित निकालेको छ र यसपल्ट उसले युरोपली च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको हो । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि एटलान्टामाथि ४–० को प्रभावशाली जित रचेको छ ।


शानदार जित निकाल्नेमा बायर्न म्युनिक पनि रह्यो । उसले ह्यारी केनको दुई गोलको मदतले क्लब वर्ल्डकप च्याम्पियन चेल्सीलाई सजिलै ३–१ ले हराएको छ । एनफिल्डमा लिभरपुलका लागि एलेक्जान्डर इसाकले डेब्यु गरे र घरेलु टिमले बलियो सुरुआत लिएको थियो ।  


एन्डी रोबर्टस र मोहमद सलाहले गोलले सुरुआती छ मिनेटै लिभरपुल दुई गोलले अगाडि रह्यो । त्यसपछि कार्सोस लारेन्टले एटलेटिकोका लागि दुई गोल फर्काए र खेल बराबरीमा स्थितिमा पुगेको थियो । यही बेला डोमिनिक सबोसलाईको कर्नरमा कप्तान भान डाइकले हेडबाट निर्णायक गोल गरे ।


आर्ने स्लट लिभरपुलले यसपल्ट आफ्ना सुरुआती पाँचै खेलमा अन्तिम दस मिनेटमा सम्भव निर्णायक गोलको मदतले जितेको छ । खेलको अन्त्यमा एटलेटिकोको प्रशिक्षक डिएगो सिमोनीलाई लिभरपुल समर्थकसँग झगडा गरेपछि रातो कार्ड देखाइएको थियो ।


यस्तै अर्को महत्त्वपूर्ण खेलमा इन्टर मिलानले आयाक्सको घरमा २–० को जित निकाल्यो । त्यसमा दुवै गोल मार्कस थुरामले गरेका थिए । च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका क्लबमध्ये पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोक्यो भने बोडो/ग्लिम्टले स्लाभिया प्रागसँग २–२ को बराबरी खेल्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →