← समाचारमा फर्कनुस्
Volleyball Aug 17, 2025 · Swadesh

पट्राथिप सान्त्रकून पुनः ललितपुर क्विनसमा आबद्ध

पट्राथिप सान्त्रकून पुनः ललितपुर क्विनसमा आबद्ध


एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डका पट्राथिप सान्त्रकूनलाईपुनः अनुबन्ध गरेको छ । 



गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको लक्ष्य यो संस्करणको उपाधि जित्ने रहेको छ । "अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौं, त्यो चोट अझै ताजा नै छ। पहिलाको कमी कमजोरी सुधारी यो संस्करणको हामी उपाधि जित्ने प्रयत्न गर्ने छौ ।" सान्त्रकूनले भने । " गत वर्ष नेपालमा मेरो पहिलो भ्रमण थियो, पहिलो भ्रमणमा नै मैले दर्शकको धेरै माया र साथ पाए । हामीले उपाधि जित्न नसक्दा दर्शकहरूले देखाउनु भएको माया प्रति अन्याय भएको महसुस भएको छ र यो पाली उहाँहरूको माया प्रति न्याय दिनेमा हाम्रो टोली विश्वस्त छ ।" उनले थपे । "मलाई विश्वास गरी फेरि पनि नेपाल बोलाउनु भएकोमा ललितपुर क्विन्स परिवार प्रति आभार व्यक्त गर्दछु ।" 



पट्राथिप सान्त्रकूनलाई पुनः आबद्ध गर्न पाउँदा ललितपुर क्विन्स थप बलियो भएको हामी क्लब परिवारलाई महसुस भएको छ । निकै व्यस्त तालिका बावजुत हाम्रो निमन्त्रणा स्वीकार गरी हाम्रो टोलीबाट यो संस्करण पनि एभरेष्ट महिला भलिबल लिगमा सहभागिता जनाउन आउन सहमत हुनु भएकोमा ललितपुर क्विन्स उनीलाई धन्यवाद व्यक्त गर्दछ । 
दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →