← समाचारमा फर्कनुस्
Volleyball Jul 08, 2026 · Swadesh

एनभीएलको आधिकारिक टिकटिङ पार्टनर बन्यो खल्ती

एनभीएलको आधिकारिक टिकटिङ पार्टनर बन्यो खल्ती

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकटिङ पार्टनरका रूपमा आईएमई खल्ती लिमिटेड बनेकाे भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा आयोजक केडिया ग्रुपका तर्फबाट नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले मंगलबार हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दर्शकले खल्ती एपमार्फत एनभीएलका खेलहरूको टिकट खरिद गर्न सक्नेछन्। साथै, प्रतियोगिता स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलको प्रवेशद्वारमा राखिने टिकट काउन्टरबाट पनि टिकट खरिद गर्न सकिनेछ। टिकटको मूल्य भने आयोजकले हालसम्म सार्वजनिक गरेको छैन।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ टोली, तिनका मालिक, लोगो तथा आधिकारिक नारासमेत आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ।

नेपाल भलिबल संघको सहयोगमा आयोजना हुने एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सहभागी हुनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →