← समाचारमा फर्कनुस्
Football Sep 09, 2025 · Swadesh

प्रशिक्षक नुनो परे वर्खास्तीमा

प्रशिक्षक नुनो परे वर्खास्तीमा

अन्ततः नटिङघम फरेस्टले आफ्ना प्रमुख प्रशिक्षक नुनो इस्प्रिटो सान्टुलाई मंगलबार वर्खास्त गरेको छ । केही समय अगाडिदेखि उनको क्लब मालिक इभानगोलेस मारिनिकिससँग कुरा मिलिरहेको थिएन् ।


त्यसै सन्दर्भमा उनी वर्खास्तीमा पर्ने निश्चित मानिएको थियो । क्लब सम्हालेको २१ महिनापछि पोर्चुगाली नुनो हटाइएका हुन् । अब उनको स्थानमा टोटनहमले पूर्व प्रशिक्षक एन्गे पोस्टेकोग्लु आउने सम्भावना रहेको बताइएको छ ।


फरेस्टले नुनोको वर्खास्तीको आधिकारिक जानकारी दिंदै उनले क्लबका लागि गरेको कामप्रति धन्यवाद भने भनेको छ । सन् २०२३ मा नुनोले क्लब सम्हालेका थिए र तत्कालन फरेस्टलाई रेलिगेसनबाट जोगाएका थिए ।


उनकै नेतृत्वमा पछिल्लो सिजन फरेस्टको प्रदर्शन उत्कृष्ट रह्यो र तीन दशकयता पहिलो पटक युरोपेली क्लब फुटबलका लागि छनोट भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →