TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Aug 26, 2025 · Swadesh

बिहिवारदेखि एनटीए लिग हुँदै

बिहिवारदेखि एनटीए लिग हुँदै

काठमाडौं। चौथो संस्करणको नेपाल तेक्वान्दो (एनटिए) लिग २०२५ (ग्यरोगी र पुम्से) बिहीबारदेखि सुरु हुने भएको छ।


नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ १२ गतेदेखि १५ गतेसम्म सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना हुने जानकारी दिएको हो।


संघका उपाध्यक्ष एवम् प्रतियोगिता आयोजना समिति संयोजक भानबहादुर चन्दले यस संस्करणमा ५४५ महिला र ९५० पुरुष गरी जम्मा १४९५ खेलाडीले प्रतिस्पर्धा गर्ने बताए।


चार दिनसम्म चल्ने यस प्रतियोगितामा ग्यरोगी र पुम्से गरी ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता सञ्चालनका लागि ४० जना निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →