← समाचारमा फर्कनुस्
Other Sports Sep 10, 2025 · Swadesh

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भदौ २८ र २९ गते पोखरा हुन लागेकाे एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको छ।


मञ्चका महासचिव अन्जन खड्काले बुधबार एक विज्ञप्ति जारी गर्दै जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने भन्दै स्थगित गरिएको बताए। 


विज्ञप्ति

नेपाल खेलकुद पत्रकार मञ्चले यही भदौ २८ र २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ।  


जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स्पोर्ट्स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने देखिन्न। मञ्च परिवार अवार्डमा सहभागी हुने तयारी गरिरहेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनाहरूमा पर्न असुविधाका लागि क्षमा चाहन्छ।


स्थिति सहज भएपछि स्पोर्टस अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी गराइन्छ।  

अन्जन खड्का

महासचिव

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →