← समाचारमा फर्कनुस्
Cricket Apr 06, 2026 · Swadesh

एनपीएलबाट ४७ करोडभन्दा बढी आम्दानी

एनपीएलबाट ४७ करोडभन्दा बढी आम्दानी

काठमाडौं। नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न भएसँगै आय–व्यय विवरण सार्वजनिक गरेको छ।


क्यानले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार प्रतियोगिताबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ। प्रतियोगिता सञ्चालनका लागि भने २१ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख गरिएको छ।


क्यानका अनुसार आम्दानी बाँडफाँटपछि फ्रेन्चाइज टोलीहरूलाई पनि हिस्सा प्रदान गरिएको छ भने बाँकी रकम संस्थागत विकास तथा आगामी कार्यक्रमहरूमा उपयोग गरिनेछ।


एनपीएलको सफल आयोजनाले नेपाली क्रिकेटमा व्यावसायिकताको विकाससँगै आर्थिक पक्ष पनि बलियो बन्दै गएको क्यानले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →