← समाचारमा फर्कनुस्
माल्दिभ्समा पुलिसको लगातार पाँचौं जित

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियसिप भलिबलमा लगातार पाँचौं खेलमा जित हासिल गरेको छ।
शुक्रबार भएको खेलमा माल्दिभ्स पुलिस क्लबलाई नेपाल पुसिलले ३–१ को सेटमा पराजित गरेको हो।
यो जितसँगै पुलिसले पाँच खेलबाट १४ अंक जोड्दै अपराजित रहेको छ।
पुलिसले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा २३–२५ ले गुमाएको थियो। चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै पुलिसले तीन अंक हासिल गर्न सफल भयो।
यसअघि नै फाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को तथा चौथो खेलमा माल्दिभ्सको वाम्को क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |