← समाचारमा फर्कनुस्
एभरेस्टलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं। आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पाखा लगाउँदै पुलिसले उपाधि हात पारेको हो।
पहिलो र दोस्रो सेट पुलिसले २१-२५ र २३-२५ ले जितेको थियो। तर, त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै एभरेस्टले २५-२० र २३-२० ले आफ्नो पक्षमा पार्यो।
पाँचौं तथा निर्णायक सेट भने एभरेस्ट १२-१५ ले गुमाएसँगै पुलिस च्याम्पियन बन्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |