← समाचारमा फर्कनुस्
Volleyball Jan 03, 2026 · Swadesh

पुनरागमन जित निकाल्दै पुलिस तेस्रो

पुनरागमन जित निकाल्दै पुलिस तेस्रो

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तेस्रो भएको छ। 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न खेलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो। 


सरुआती दुई सेटमा पराजय ब्यहोरेको पुलिसले त्यसपछि सबै सेटमा पुनरागमन गर्दै जित हात पारेको हो। 


पहिलो सेट २५–२७ दोस्रो सेट २३–२५ ले घुमाएको पुलिसले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा २५–२२ तथा पाँचौ सेटमा १५–१० ले जित निकाल्दै तेस्रो स्थान हात पारेको हो।


रुकुम पश्चिमविरुद्ध शानदार प्रदर्शन गरेका पुलिसका रविन नगरकोटी प्लेअर अफ द म्याच

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →