← समाचारमा फर्कनुस्
पुलिसको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
माल्दिभ्सको राजधानी मालेमा सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँग लगातार दोस्रो जित हासिल गरेको पुलिसको दुई खेलबाट ६ अंक पुगेको छ।
पुलिसले खेल पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, तेस्रो २५–२१ ले आफ्नो पक्षमा पार्यो।
यसअघि पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सेटमै पराजित गरेको थियो।
प्रतियोगिताका तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |