← समाचारमा फर्कनुस्
Volleyball Dec 28, 2025 · Swadesh

पुलिसको लगातार दोस्रो जित

पुलिसको लगातार दोस्रो जित

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गरेको छ। 


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न समूह ‘बी’को खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।


जितसँगै पुलिसले ६ अंक पुर्‍यायो। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो।


खिल्जीको भने यो पहिलो खेल हो। ढोरपाटनसँग मुस्किलले जित हात पारेको पुलिसलाई यसपल्ट भने त्यति संघर्ष गर्नु परेन।


पुलिसले पहिलो सेट २५–२१ ले जितेको थियो। त्यसपछिका दुवै सेट समान २५–१६ ले आफ्नो बनायो।


पुलिसले सेमिफाइनल प्रवेश गर्न अब समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →