TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Dec 31, 2025 · Swadesh

पुलिस समूह 'बी' को विजेता

पुलिस समूह 'बी' को विजेता

काठमाडौँ। अन्तिम खेलमा मधेस प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ। 


त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। 


जितसँगै समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै ८ अंक पुर्याएको छ। एपीएफले तीन खेलबाट ७ अंक जोडेर उपविजेता बन्यो। पराजित मधेसले भने समूह चरणको तीनै खेलमा पराजय ब्याहोर्यो।


पुलिसले अब सेमिफाइनलमा समूह 'ए' को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ।


सुरुआतको सेटमा २५–३ ले सहज जित हात पारेको पुलिसले दोस्रो २५–८ र अन्तिम सेट २५–९ ले जित हासिल गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →