← समाचारमा फर्कनुस्
Volleyball Apr 25, 2023 · Nepalsports

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब बिजेता

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब बिजेता

ललितपुर । “मेयर कप-२०८०” खुल्ला महिला तथा पुरुष भलिबलमा बिभागीय टिम नेपाल पुलिस क्लब समूह बिजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ । महिलातर्फ समूह ॅए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३-१ को सेटमा हरायो । पहिलो सेट २५-२० ले जितेको पुलिसले दोस्रो सेट २१-२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५-२१ र २६-२४ को जित निकाल्दै नेपाल पुलिस बिजेता बनेको हो ।

समूह  ‘ए’ को खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहिन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गल्स होस्टेललाई ३-२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६-२४, २५-१७, २३-२५, २८-३० र १५-१३ को सेटमा हरायो ।


पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३-२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१-२५, २५-२१, २७-२५, २२-२५, १५-१३ को सेटमा हराएको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३-० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५-१७, २५-१७ र २५-१० को सेटमा हराएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदानगरिनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →