← समाचारमा फर्कनुस्
नोस्कोभाले जितिन् विम्बल्डनको उपाधि

चेक गणतन्त्रकी लिन्डा नोस्कोभाले शनिबार देशकी खेलाडी क्यारोलाइन मुचोभालाई ६–२, ५–७ र ६–३ ले पराजित गर्दै विम्बल्डनको उपाधि जितेकी छिन् । नोस्कोभाले ग्रान्ड स्लाम उपाधि जितेको यो पहिलो पटक हो ।
उनी ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेको पनि यो नै पहिलो पटक हो । मुचोभा भने लगातार दोस्रो पल्ट ग्रान्ड स्लाम फाइनलमा हारेकी छिन् । उनी सन् २०२३ को फ्रेन्च ओपन फाइनलमा पनि उप विजेतामै सीमित भएको थियो ।
नोस्कोभाले पहिलो सेट सजिलै जितेकी थिइन् । तर दोस्रो सेटमा मुचोभाले पुर्नआगमन रचिन् र पाँच म्याच प्वाइन्ट जोगाएर खेलमा फर्किन् । तेस्रो तथा निर्णायक सेट भने नोस्कोभाले फेरि एकपल्ट सजिलै जितिन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |