एनकेएलको खेल तालिका सार्वजनिक: उद्घाटन खेलमा काठमान्डु र पोखरा भिड्ने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ। माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन्।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ। जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ।
राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ।
लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ। क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेतावीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ। फाइनल माघ १८ गते हुनेछ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिनेछ। दुई खेल हुँदा दिनको पहिलो खेल साँझ ५ः३० बजे सुरु हुनेछ भने त्यसपछि दोस्रो खेल ६ः३० बजे प्रारम्भ हुनेछ। एक खेलमात्रै भएको दिन प्रतिस्पर्धा प्रारम्भ हुने समय साँझ ६ः३० बजे तोकिएको छ।

| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |