TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Dec 25, 2025 · Swadesh

नवौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि, पाँच टोलीको सहभागिता

नवौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि, पाँच टोलीको सहभागिता

काठमाडौं। महिला खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नवौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। 


प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ।


२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताका आठ संस्करण यसअघि सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नवौँ संस्करणमा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी पाँच टोलीको सहभागिता रहनेछ।


नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइनेछ। प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै, उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ प्रदान गरिनेछ।


बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा आयोजना हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्बल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस र नगरपालिकाको सहयोग रहनेछ। 


प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ भने अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले प्रतियोगितासँगै खेलाडी बीमा, हरेक खेलमा प्लेयर अफ द म्याच पुरस्कार, टेक्निकल मिटिङजस्ता अन्तर्राष्ट्रिय अभ्यासलाई निरन्तरता दिँदै आएको छ। 


राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै स्पेसल अवार्डलगायतका कार्यक्रमसमेत आयोजना गर्दै आएको प्रतिष्ठानले भविष्यमा पनि महिला खेलकुद प्रवर्द्धनमा निरन्तर योगदान गर्ने जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →