← समाचारमा फर्कनुस्
Volleyball Aug 13, 2025 · Swadesh

निकोलाएभाले काठमाडौंबाट खेल्ने

निकोलाएभाले काठमाडौंबाट खेल्ने

काठमाडौं। एभरेष्ट महिला भलिबल लिग ९इडब्लुभिएल० का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ।


काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो। २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन्।


नेकोभाले बुल्गेरिया, फ्रान्स, अजरबैजानको क्लबबाट खेलेको अनुभव छ। नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टिम अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ। पहिलो सिजनमा पनि बुल्गेरियाकै सेटर आन्द्रे स्भेतानोभाले काठमाडौंबाट खेलेकी थिइन्।


पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


एभरेष्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ। अन्य दुई विदेशी खेलाडी पनि छिटै घोषणा गर्ने बताइएको छ।


नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौंमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्। यस्तै मुख्य प्रशिक्षका लोक बहादुर बुढा छन्।


एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →