न्यु डाइमन्ड सेमिफाइनल नजिक

काठमाडौं। लगातार दोस्रो जित निकाल्दै न्यु डाइमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल नजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा न्यु डाइमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो।
यस जितसँगै समूह ‘ए’ मा रहेको न्यु डाइमन्डले ६ अंक जोडेको छ। यसअघि न्यु डाइमन्डले पहिलो खेलमा चुली युवा क्लबलाई पनि सोझो सेटमै हराएको थियो।
लिग चरणका सबै खेल सकाएको आर्मीको पनि समान ६ अंक छ। आर्मीले एभरेस्ट भलिबल क्लब र चुली युवा क्लबलाई सोझो सेटमा पराजित गरेको थियो।
अब न्यु डाइमन्डले आफ्नो अन्तिम लिग खेलमा एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ। चुलीले एभरेस्टसँग एक खेल खेल्न बाँकी छ भने एभरेस्टले चुली र न्यु डाइमन्ड दुवैसँग खेल्न बाँकी नै छ। त्यसैले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो न्यु डाइमन्ड र एभरेस्टबीचको खेलको नतिजाले तय गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |