← समाचारमा फर्कनुस्
Volleyball Jan 03, 2026 · Swadesh

पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड एनभीए च्याम्पियन

पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड एनभीए च्याम्पियन

काठमाडौँ। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।


डायमण्डले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनलमा दबाबरहित प्रदर्शन गर्‍यो।


उपाधिसँगै न्यु डायमण्डले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता नेपाल पुलिस क्लबले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →