← समाचारमा फर्कनुस्
Volleyball Feb 24, 2023 · Nepalsports

न्यू डायमण्ड र एभरेस्ट फाइनलमा

न्यू डायमण्ड र एभरेस्ट फाइनलमा

काठमाडौं । आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । 

अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।
पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइट फ्युचर माविलाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाइनलमा आयोजक डायमण्डले आफ्नै कोर्टमा धादिङ स्पोर्ट्स क्लबलाई २५–११, २५–२० र २५–२३ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल शनिबार हुनेछ । शनिबारै तेस्रो र चौथो स्थानको लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ । 

च्याम्पियनसिपको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ । फागुन ९ गतेबाट शुरु भएको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →