← समाचारमा फर्कनुस्
Volleyball Apr 24, 2023 · Nepalsports

न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

ललितपुर । ललितरपुरमा जारी “मेयर कप - २०८०” खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई ३-० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।

न्युडायमण्डले ललितपुर महानगरलाई २५-१, २५-१२ र २५-८ को सेटमा पराजित गर्यो भने एपीएफले परोपकारलाई २५-६, २५-४ र २५-३ को सेटमा पाखा लगायो ।

पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले पाटन बहुमुखीमाथि २५-१३, २५-१० र २५-१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५-८, २५-१४ र २५-९ को स्कोरमा हरायो ।

ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →