← समाचारमा फर्कनुस्
Other Sports Aug 25, 2024 · Swadesh

केकेएम एनआरटी अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि हुने

केकेएम एनआरटी अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि हुने

काठमाडौं । न्युरोड टिम (एनआरटी) को आयोजना हुने केकेएम एनआरटी अन्तर बिद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबार ११-१३ गते बिहिवारसम्म हुने भएको छ।

आयोजक टिमले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो। 

प्रतियोगितामा सहभागी हुन पोखरा, धरान लगायत ४३ बिद्यालयबाट १९२ जना बिद्यार्थीहरुले सहभागिता जनाउने छन्। जसमा १३६ जना पुरुष र ५७ जना महिला बिद्यार्थीहरुले नाम दर्ता गराइसकेका छन्।

प्रतियोगितामा विजेताले ब्वाइज र गर्ल्स सिंगल यू-१६ प्रथम २० हजार, दोस्रो १० हजार र तेस्रो दुई जनाले ५ हजार पाउनेछन्। 

यस्तै ब्वाइज र गर्ल्स सिंगल यू-१२ प्रथम २०, दोस्रो १० र तेस्रो हुने दुई जनाले ५ हजार पाउनेछन्।

प्रतियोगिताको लागि सात लाख बजेटको ब्यबस्था गरेको आयोजकले जनाएको छ।

क्लबले ९०औं बार्षीकोत्सब मनाउने सिलसिलामा यस प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगिताको सबै खेल नेपाल स्पोर्ट्सको फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →