नेकोस खेलकुद महोत्सव सुरु

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ (समाजवादी) को आयोजना नेकोस खेलकुद महोत्सव सुरु भएको छ।
गत असोज १३ गतेबाट सुरु भएको यस प्रतियोगिता २३ गतेसम्म चल्नेछ।
प्रतियोगिता काठमाडौं, ललितपुर, हेटौंडा र पोखरामा १० वटा खेलको राष्ट्रिय च्याम्पियनसिप, संस्कृतिक कार्यक्रम र विभिन्न खेलको प्रदर्शनी सहितको नेकोस खेलकुद महोत्सव र नेकोस च्याम्पियनशिप अन्तगतका खेलहरु सञ्चालन भईरहेको जनाएको छ।
जस अन्तर्गत स्केटबोर्ड असोज १३ र १४ गते पोखरा रंगशालामा भव्यरुपमा सम्पन्न भईसकेको छ भने आज काठमाडौं लैनचौरमा वि बोईड खेल सञ्चालन भईरहेको आयोजकले जनाएको छ।
यस्तै प्रतियोगिताको बाँकी ७ वटा खेल असोज २० गतेदेखी २३ गतेसम्म काठमाडौं, ललितपुर र हेटौंडामा सम्पन्न हुनेछ र समग्र महोत्सवको समुद्घाटन २०८० असोज २० गते शनिवार २ बजे ललितपुरस्थित सातदोवाटो खेल परिषरमा नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित अध्यक्ष माधव कुमार नेपालद्वारा भव्य समारोहका बीचमा हुने कार्यक्रम तय भएको समेत आयोजकले जनाएको छ।
सबै खेलहरुको सञ्चालन र राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका सम्बन्धीत खेलसंघहरुले प्राविधिक सहयोग गरिरहेको छ भने स्थानिय व्यवस्थापन नेपाल खेलकुद महासंघ मातहतका राष्ट्रिय खेल संघहरु र प्रदेश तथा जिल्ला कमिटीहरुले गरिरहेका छन्।
यस्तै प्रतियोगितामा असोज २३ गते भलिवल खेलको फाईनल खेलसँगै समापन हुनेछ । यस खेल महोत्सवमा ७ वटै प्रदेश र खुल्ला तर्फ गरी करिव १,६०० खेलाडीहरुको सहभागिता रहेको छ ।
सहभागी हुने खेलहरु : भलिवल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बुद्धीचाल, योग खेल, सेपाकताक, वि बोईङ, स्केटबोर्ड, फुलकन्ट्याक कराँते रहेका छन्।
भलिबलको विजेता टिमलाई एक लाख, उपविजेतालाई ५० हजार पाउनेछन्। यस्तै अन्य खेलको विजेताले ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई १ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |