← समाचारमा फर्कनुस्
भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको हो।
नेपालले पहिलो सेट २५–१८, दोस्रो सेट १२–२५, २५–१७, १८–२५, १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकाल्न सफल भयो।
यो नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो।
यो जितसँगै जारी लिगमा नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ। नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |