← समाचारमा फर्कनुस्
Volleyball Aug 01, 2024 · Swadesh

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

काठमाडौं । काभा वुमन्स नेसन लिग भलिबल प्रतियोगिता २०२४ मा नेपालले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलम सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेट, २५-१८ तथा तेस्रो सेट २५-१९ ले जित्न सफल भयो।

पहिलो र दोस्रो सेटको तुलनामा नेपालले तेस्रोमा निकै संघर्ष गर्नु परेको थियो।

कुनै समय १०-१४ को अबस्थामा नेपालले पुनरागमन गरेको हो।

घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना भएको काभामा नेपाललाई दाबेदारको रुपमा हेरिएको छ।

यस्तै बिहिवार नै दोस्रो खेलमा भारत र इरान भिड्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →