← समाचारमा फर्कनुस्
Volleyball Aug 05, 2024 · Swadesh

माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी

माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी

काठमाडौँ । काभा वुमन्स नेसन्स लिगमा नेपालले मल्दिभ्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको लिगचरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। 

नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो। दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गर्‍यो। यद्यपि, उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भयो। तेस्रो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्दै तीन अंक जोड्यो।

योसँगै नेपालले लिगचरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा भने भारत र श्रीलंका भिड्ने छन्। भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गर्‍यो। 

भारत एक हार र तीन जितसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो। नेपालले समान खेलबाट ८ अंक जोड्यो। इरानले सात अंक जोड्यो भने श्रीलंका चार अंकसहित सेमिफाइनल पुग्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →