← समाचारमा फर्कनुस्
Football Sep 06, 2025 · Swadesh

एएफसी यू-२३ एसिया कप छनोट : नेपालले सिरियाको सामना गर्दै

एएफसी यू-२३ एसिया कप छनोट : नेपालले सिरियाको सामना गर्दै

काठमाडौँ । एएफसी यू-२३ फुटबल एसिया कप छनाेट अन्तर्गत नेपालले आज दोस्रो खेलमा सिरियाको सामना गर्दैछ ।


ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने यो खेल नेपाली समय अनुसार ६:४५ बजेबाट सुरु हुनेछ ।


नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित हासिल गरेको थियो ।  


समुह के मा रहेको नेपाल अंक विहिन छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । टाेलीकाे मुख्य प्रशिक्षकमा नविन न्यौपाने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →