← समाचारमा फर्कनुस्
Volleyball Aug 06, 2024 · Swadesh

काभा भलिबल : फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै

काभा भलिबल : फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को फाइनल प्रवेशका लागि आज (मंगलबार) नेपालले इरानको सामना गर्दैछ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र इरानबीचको खेल ५:१५ बजेबाट सुरु हुनेछ। यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ।

पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो मंगलबार खेल ३ बजेबाट सुरु हुनेछ।

सोमबार सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्न पक्का भएको थियो। यता, लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को हराउँदै लिगमा दोस्रो स्थान हासिल गर्यो। नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →