← समाचारमा फर्कनुस्
महिला भलिबलमा नेपाल पराजित, प्रतियोगिताबाट बाहिरिए

महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित ग¥यो ।
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासंग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११ औं स्थानका लागि अन्तिम खेल खेल्ने छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |