काभा बिच भलिबलका लागि पुरुष र महिला टोली भुटान जाँदै

काठमाडौं । नेपालका पुरुष र महिला टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा आगामी साउन १७ गतेदेखि १९ गतेसम्म हुँदै छ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट महिलामा कमला पुन र मनीषा चौधरी तथा पुरुषमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्र्न लागेका हुन् । उनीहरूलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् ।
नेपाली टोलीलाई आइतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।
थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टिम र महिलामा सात टिमको प्रतिस्पर्धा रहने भलिबल संघले जनाएको छ । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालका बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा भने नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । उक्त च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार नै भुटानतर्पm प्र्रस्थान गने कार्र्यक्रम रहेको छ ।
नेपाली महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् । नेपालले दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा सम्पन्न एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |