← समाचारमा फर्कनुस्
Football Sep 18, 2025 · Swadesh

नेपालको फिफा वरीयता यथावत्, स्पेन शीर्ष स्थानमा

नेपालको फिफा वरीयता यथावत्, स्पेन शीर्ष स्थानमा

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा यथावत् रहेको छ।


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिवार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा यथावत् रहेको छ। यता, भारत १३४औं स्थानमा झरेको छ।


नेपालले यहीँ सेप्टेम्बर ६ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। 


जसमा गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि दोस्रो खेल ९ सेप्टेम्बरमा तय भएको थियो तर, नेपाल भएको जेनजी प्रर्लशनको कारण उक्त खेल हुन सकेन।


यस्तै, विश्वको शीर्ष स्थानमा स्पेन उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना तेस्रो स्थानमा झर्दा फ्रान्स दोस्रो, पोर्चुगल पाँचौं स्थानमा उक्लिएको छ। इङ्ल्यान्ड चौथो स्थानमा यथावत् छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →