← समाचारमा फर्कनुस्
Football Sep 11, 2025 · Swadesh

ताजाकिस्तानमा यू–२३ टिमद्वारा दीप प्रज्ज्वलन

ताजाकिस्तानमा यू–२३ टिमद्वारा दीप प्रज्ज्वलन

काठमाडौं– यू–२३ राष्ट्रिय फुटबल टिमले बुधबार राति जेन–जेको आन्दोलनमा निधन हुनेको सम्झनामा दीप प्रज्ज्वलन गरेका छन् । अहिले ताजाकिस्तानमा रहेको टिमले डुसानबेमा यो कार्यक्रमको आयोजना गरेको हो । टिमले आफू विदेशमा भएता पनि मन नेपालीकै समर्थनमा रहेको पनि जनाएको छ ।


एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली फुटबल टिम ताजाकिस्तानको डुसानबे गएको थियो । नेपालको अन्तिम खेल फिलिपिन्सविरुद्ध मंगलबार रहेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको नयाँ जानकारी अनुसार नेपाली टिम अब शुक्रबार विहान मात्रै फर्किने भएको छ ।  


अहिलेको लागि ताजाकिस्तानमै रहने भएको छ । नेपाली टिम दुबई भएर काठमाडौं फर्कन लागेको हो । दुबई विमानस्थलको टर्मिनलमा नेपाल फर्कनेको अत्याधिक भीड रहेको छ । त्यसैले थप एक दिन डुसानबेमै रहने लागेको हो । डुसानबेबाट पनि काठमाडौंमा सिधा उदान रहेको छैन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →