← समाचारमा फर्कनुस्
Football Sep 10, 2025 · Swadesh

एउटा अर्को खुसी दिन नसकेको प्रदर्शन

एउटा अर्को खुसी दिन नसकेको प्रदर्शन

काठमाडौं छोड्न अगाडि प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, हामी ताजाकिस्तान जान लागेको जित्नका लागि हो, हार्नका लाग होइन् । तर उनले आफ्नो वचन राख्न सकेनन् । एएफसी एसियनकप छनोट २०२५ मा नेपालका प्रदर्शन त्यस्तो रहेन्, जसले खुसी दिन सकोस ।


नेपाल समूह ‘के’ मा थियो, कम्तीमा अपेक्षा थियो, तीन खेलमध्ये कुनैमा बराबरी निस्कनेछ । जितको अपेक्षा सायद कमै थियो । तर नेपाल तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । त्यसको अर्थ नेपाल अंक तालिकाको पुछारमा रह्यो । धेरै अर्थमा यो निराशाजनक नतिजा नै रह्यो ।


आफ्नो अन्तिम खेलमा नेपाल फिलिपिन्सको हातबाट ४–० ले पराजित रह्यो । र, यो रह्यो, लगातार तेस्रो हार । यो जितका बावजुत फिलिपिन्स आफै पनि छनोट हुन सकेन् । यो समूहको शीर्षमा रह्यो, सिरिया । यसले तीनै खेल जित्यो र नौ अंकमा समूह विजेता बन्यो ।


धेरै हदसम्म नेपालको प्रदर्शन यही सिरियाविरुद्ध नै राम्रो रह्यो । सिरियाविरुद्धको दोस्रो खेलमा नेपाल ४–२ ले पराजित रहेको थियो । त्यस खेलको ७३ मिनेटसम्म नेपाल २–१ ले अगाडि थियो । तर अन्त्यमा नेपालले सिरियाले तेर्साएको दबाब थेग्न सकेन् ।


नेपालका लागि निराजन धामी र सुमिन श्रेष्ठले गोल गरे । यसअघि नेपाल आफ्नो पहिलो खेलमा ताजाकिस्तानसँग ४–० ले पराजित भएको थियो । नेपालका लागि सबैभन्दा निराशाजनक नतिजा यही रह्यो । सबैलाई थाहा छ, राष्ट्रिय टिम बलियो हुने भनेकै यू–२३ टिममा टिकेर हो ।


यसमै नेपालको प्रदर्शन फेरि एकपल्ट कमजोर रह्यो । फेरि सबै दोष प्रशिक्षक र खेलाडीमा पनि दिन मिल्दैन्, किनभने तिनीहरूले चाहिएको जतिको अवसर र सुविधा नै कहाँ पाएका छन् र ? स्पष्ट छ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२३ उमेर समूहको फुटबलमा राम्रै लगानी गर्नु पर्छ, योजना पनि त्यस्तै दरिलो चाहिन्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →