नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं, नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ को विजेता बन्दै नेपाल अन्तिम चारमा पुगेको हो। शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेलेपछि शीर्ष स्थान कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालका लागि निशानराज लावत र माल्दिभ्सका कप्तान मोहम्मद इमरानले गोल गरे।
१५औँ मिनेटमा इमरानले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। तर खेल सकिन ३ मिनेट बाँकी रहँदा निशानले नेपालका लागि बराबरी गोल फर्काए। सुवास बमको फ्रिकिक गोल क्षेत्रसम्म पुगेपछि त्यसलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए।
यस नतिजासँगै नेपालले ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो। माल्दिभ्सले भने समान ३ खेलबाट २ अंक जोड्यो। समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलंकालाई पराजित गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |