नेपालको लगातार दोस्रो जित

नेपालले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–२ मा मंगलबार लगातार दोस्रो जित निकालेको छ । ओमन भ्रमणमा दोस्रो जितका लागि नेपालले आयोजक देशलाई १ सय १३ रनले पराजित गरेको हो । यो जितले अंक तालिकाको छैटौं स्थानमा नेपालका पकड अझ बलियो भएको छ ।
नेपालको अब २८ अंक भएको छ । अल अमेराट क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो र यसक्रममा ८ विकेटमा २ सय ६३ रनको स्कोर खडा गरेको थियो । त्यसमा रोहित पौडेलको सबैभन्दा बढी योगदान रह्यो ।
उनले ६७ बलमा ६१ रन बनाए र त्यसमा ३ चौका र १ छक्का सामेल थियो । यस्तै ओपनर अर्जुन कुमालले ४० रनको योगदान गरे । इनिङ्सको अन्त्यतिर करण केसीले १६ बलमा आक्रामक हुँदै ४० रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरे । ओमानी बलरमध्ये साह फैेसल, सकिल अहमद र करण सोनाभाले २/२ विकेट लिए ।
जवाफमा ओमानले ३७ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो । ओमानको सुरुआत राम्रो रहेन् र उसले ४१ रन बनाउँदासम्म ६ विकेट गुमाइसकेको थियो । त्यस स्थितिमा कप्तान विनायक सुक्लाले ७७ रन बनाए । उनले ८३ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै जय ओडेड्राले २५ रन जोडे ।
नेपाली बलरमध्ये नन्दन यादव र कप्तान सन्दीप लामिछानेले ३/३ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |