← समाचारमा फर्कनुस्
Volleyball Nov 10, 2025 · Swadesh

नेपाल उपविजतामै सीमित

नेपाल उपविजतामै सीमित

काठमाडौं। नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिको उपविजेतामै सीमित भएको छ। 


श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। 


पहिलो सेट नेपालले २५–२२ ले जितेको थियो। दोस्रो सेट २५–२० ले जित्दै किर्गिस्तानले खेलमा पुनरागमन गर्‍यो। तेस्रो सेटमा पनि किर्गिस्तानले २५–२१ को रोमाञ्चक जित निकाल्दै खेलमा २–१ को अग्रता लियो। तर, चौथो सेटमा सानदार पुनरागमन गर्दै नेपालले खेल २५–१३ ले आफ्नो पक्षमा पार्‍यो। योसँगै खेल पाँचौ सेटमा पुगेको हो। 


तर, निर्णायक सेटमा भने किर्गिस्तानले सानदार पुनरागमन गर्दै खेल १५–११ ले जित्दै उपाधिमा कब्जा जमायो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →