नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुने

नेपालले आगामी मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने एशियन डजबल च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाउन लागेको छ। मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने उक्त प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले एक कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेका छन्।
टोलीलाई जर्सी पुलले मुख्य प्रायोजन गरेको छ भने इम्पाएर ट्राभल्स एन्ड टुर्स ट्राभल पार्टनर रहेको छ। त्यस्तै, जी स्पोर्ट्स होम किट पार्टनर र डिजिटल ल्याब ब्ल्याक आइ जर्नी प्रालि डिजिटल पार्टनर रहेका छन्।
खेलाडीहरू:
विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर, कृष्ण हरि बुढाथोकी, रबिन शाक्य, कृष्ण कुमार साह, अनिल कुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोईराला
टिम अफिसियलहरू:
टोली प्रमुख: राजन गौतम
व्यवस्थापक: कौशल ज्ञवाली
सहायक व्यवस्थापक: हिरामणी नेपाल
प्रशिक्षक/खेलाडी: अरुण तिमल्सिना
ट्रेनर: बेनु कुमार राई
मिडिया अफिसर: सन्दीप रिजाल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |