TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 23, 2026 · Swadesh

फिफा सिरिज २०२६ : नेपालले १२ अप्रिलमा कंगोसँग खेल्ने

फिफा सिरिज २०२६ : नेपालले १२ अप्रिलमा कंगोसँग खेल्ने

काठमाडौँ। विश्व फुटबलको सर्वोच निकाले फिफाले सिरिज २०२६ को आधिकारिक खेल तालिका सार्वजनिक गरेको छ। मार्च र अप्रिल २०२६ को अन्तर्राष्ट्रिय खेल समयावधिमा सञ्चालन हुने प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सहभागिता जनाउने भएको हो।


नेपालले आफ्नो पहिलो खेल १२ अप्रिलमा कंगोसँग खेल्नेछ। नेपाल रहेको समूहमा कंगो, थाइल्यान्ड र अफिसियल टोली सहभागी छन्। समूहका सबै खेलहरू थाइल्यान्डको रत्चाबुरी स्टेडियम मा आयोजना हुनेछन्।


नेपाल पहिलो खेलमा विजयी भए थाइल्यान्ड र अफिसियल टोलीबीचको खेलको विजेतासँग १५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। पराजित भए सोही खेलको पराजित टोलीसँग खेल्ने तालिका छ।


यस संस्करणमा पुरुष र महिला गरी ४८ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीहरू १२ समूहमा विभाजित छन्। प्रतियोगिता ११ सदस्य राष्ट्रले आयोजना गर्नेछन् भने सबै ६ महादेशीय महासंघका टोलीको प्रतिनिधित्व रहनेछ।


फिफा सिरिजको उद्देश्य फरक–फरक महादेशका टोलीबीच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमार्फत प्रतिस्पर्धात्मक अवसर सिर्जना गर्नु हो। सन् २०२४ मा सफल परीक्षण संस्करणपछि २०२६ मा यसको दायरा विस्तार गरिएको हो।


समूहका खेलहरू सेमिफाइनल र फाइनल ढाँचामा वा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्। बराबरीमा सकिएमा अतिरिक्त समय नराखी सोझै पेनाल्टी प्रहारमार्फत नतिजा टुंग्याइनेछ। प्रत्येक समूहबाट एक टोली समूह विजेता घोषित हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →