← समाचारमा फर्कनुस्
नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित

काठमाडौं। काभा पुरूष नेसन्स भलिबलमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ।
बंगलादेशको मिरपुरमा सम्पन्न आफ्नो चौथो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेट २५–१८, दोस्रो सेट २५–१७ तथा तेस्रो सेटमा नेपाल २५–२१ ले पराजित भएको हो।
नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको थियो। नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।
नेपालले अब अर्को खेल भोलि श्रीलंकासँग खेल्ने छ। प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |