← समाचारमा फर्कनुस्
पहिलो खेलमा नेपालको फराकिलो हार

काठमाडौं। एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।
ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा बुधबार राति सम्पन्न समूह ‘के’ को पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको हो।
ताजकिस्तानको जितमा अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरे। पहिलो हाफमा १० ले पछि परेको नेपाल दोस्रो हाफमा थप ३ गोल खान पुग्यो। यस खेलमा नेपालका कप्तान आयुष घलान प्रतिबन्धको कारण दर्शकदिर्घामा बसेर खेल हेर्न बाध्य भएका थिए। उनको स्थानमा सुमित श्रेष्ठले कप्तानको जिम्मेवारी सम्हालेका थिए।
नेपालको अर्को खेल शनिबार सिरियासँग हुनेछ।
बुधबार नै भएको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |