← समाचारमा फर्कनुस्
श्रीलंकासँग पनि पराजित

काठमाडौँ। काभा पुरुष भलिबल कपमा नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा पनि हार व्यहोरेको छ।
बंगलादेशकाे कास्थित इन्डोर हलमा साेमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएकाे हाे।
श्रीलंकाले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० को फराकिलो अन्तरले जित्दै सहज रूपमा खेल आफ्नो पक्षमा पार्यो। नेपालले प्रत्येक सेटमा सुरुवातमा केही प्रतिस्पर्धा प्रदर्शन गरे पनि मध्यान्तरपछि लय कायम राख्न नसक्दा लगातार अंक गुमाएको थियो।
नेपालले यसअघि खेलेका चार खेलमध्ये एकमा मात्र जित हासिल गरेको थियो। उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग ३–० ले पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानलाई ३–० ले पराजित गर्दै पहिलो जित निकालेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |