← समाचारमा फर्कनुस्
दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियनसँग दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप_ कभर्डहलमा सोमबार सम्पन्न खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेट नेपालले १४–२५ ले गुमाएको थियो। तर, दोस्रो सेटमा नेपालले पुनरागमन गर्ने प्रयास गरेपनि सफल हुन सकेन र खेल २३–२५ ले गुमायो। तेस्रो सेटमा नेपालले सुरूआती अग्रता लिएको थियो। तर, पुनरागमन भने गर्न सकेन र नेपाल २२–२५ ले पराजित भयो।
नेपाल पहिलो खेलमा पनि ३–० को सोझो सेटमा पराजित भएको थियो।
नेपालले काभा नेसन्स लिगका तयारीस्वरुप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो। साउन १७ गतेदेखि राखेप कभर्ड हलमा सुरु हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |