← समाचारमा फर्कनुस्
सेमिफाइनलमा नेपाल पराजित

काठमाडौं ।लकाभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।
माल्दिभ्सको माले सिटीमा सोमबार सम्पन्न खेलमा नेपाल किर्गिस्तानसँग १४-२५, २२-२५, १३-२५ ले गुमायो ।
लिग चरणबाट किर्गिस्तानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेका थिए । लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३-० कै सेटमा पराजित भएको थियो ।
अब नेपालले तेस्रो स्थानका लागि बुधबार माल्दिभ्सको समाना गर्नेछ। बुधबार नै फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन्।
पहिलो सेमिफाइनलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |