नेपालमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने

काठमाडौं। नेपालमा पहिलोपल्ट कुकिवन कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा प्रतियोगिता सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा वैशाख ४ देखि ६ गतेसम्म हुन लागेको हो।
प्रतियोगितामा ब्रेकिङ विधामा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्डगरी पाँच विधा गरी २८ स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ। यो विधामा यु–१२, यु–१३ देखि १५ र यु–१६ देखि १८ का उमेर समूहले सहभागिता जनाउने छन्। सिनियरतर्फ १९–२९ र ३०–५९ गरी पाँच उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
त्यसै गरी कुकिवन मान्यता प्राप्त अथोराइज पुम्सेतर्फ पाँच उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक प्रतियोगिताका विधाहरूमध्य तेक्वान्दो एरोबिक्स तथा टिम ग्यरोगी वा टिम फाइट सामूहिकरूपमा आयोजना हुने जनाइएको छ। तेक्वान्दो एरोबिक्समा महिला र पुरुष गरी पाँचदेखि सात जनासम्मको टिम बनाई जुनियर तथा सिनियर उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। टिम ग्यरोगी वा टिम फाइटमा महिला र पुरुषका छुट्टाछुट्टै समूहमा यु–१२, यु–१८ र यु–१९ गरी तीन उमेर समूहमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |