← समाचारमा फर्कनुस्
Other Sports Oct 14, 2025 · Swadesh

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण सिजन २ को लागि ५१२ नेपाली खेलाडी दर्ता

नेपाल कबड्डी लिगको बढ्दो आकर्षण सिजन २ को लागि ५१२ नेपाली खेलाडी दर्ता

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ ।


एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं ।’


एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक १ सय ५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् । गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।


‘बिदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना बिदेशी खेलाडी लिनेछौं । उनीहरू पक्कैपनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।


नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । प्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।


राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।


सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →