नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो इनिङ्समा ८ विकेट गुमाएर २६३ रन बनाएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा यो योगफल बनाएको हो। ओमानले जितका लागि २६४ रनको लक्ष्य पाएको छ।
नेपालको सुरुआत सुस्त रह्यो। पहिलो १० ओभरमा नेपालले एक विकेट गुमाएर ३३ रन मात्र बनाएको थियो। ओपनर आसिफ शेख १५ बलमा ४ रन बनाएर आउट भए। उनलाई ओमानका शाह फैसलले जय ओडेद्राको हातबाट क्याच गराएका थिए। नेपालले १७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो।
त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले इनिङ्स सम्हाले। २० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर ७६ रन बनाएको थियो। अर्जुनले ५९ बलमा ४ चौकासहित ४० रन बनाए भने इशानले ५५ बलमा ३ चौकासहित ३७ रन जोडे।
मध्यक्रममा रोहित पौडेलले लगातार दोस्रो अर्धशतक प्रहार गरे। उनले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६१ रन बनाए। बसिर अहमदले ३७ रनको योगदान दिए। ४२.३ ओभरमा नेपालले ५ विकेट गुमाएर १९१ रन बनाएको थियो।
इनिङ्सको अन्त्यतिर करण केसीले विष्फोटक ब्याटिङ गरे। उनले केवल १६ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४० रन बनाएर नेपालको स्कोर उकासे। दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए।
ओमानका लागि शकिल अहमद, करण सोनाभेल र शाह फैसलले समान २–२ विकेट लिए भने हसनइन शाहले १ विकेट हात पारे।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |