समूह चरणमा नेपालको पहिलो जित

काठमाडौं । एसिया रग्बी एमिरेट्स सेभेन्स ट्रफीमा नेपालको महिला टिमले समूह चरणमा पहिलो जित हासिल गरेको छ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा आयोजक नेपालले महिलातर्फ उज्वेकिस्तानलाई १२–७ को स्कोरमा पराजित गरेको हो।
नेपाल समूह ‘ए’ मा फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो। नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ ले पराजित भएको थियो।
महिला टोली दुई पराजयपछि ‘बाउल’ विधामा प्रवेश गरेको छ।
यता, पुरुष टोलीले आ–आफ्नो समूह चरणका दुई खेल नै पराजय व्यहोरेको छ। महिला तथा पुरुष गरि कुल सात खेलमध्ये नेपालले शुक्रबार एउटा मात्र खेल जितेको हो।
नेपाली पुरुष टोली समूहका दुई खेलमा उज्वेकिस्तान र बहराइनसँग पराजित भएको थियो। उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित गरेको हो।। यस्तै बहराइनसँग २७–७ ले पराजित भयो।
नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। राउण्ड अफ ८ मा बहराइनले फिलिपिन्सको सामना गर्दैछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्दैछ।
नेपाली पुरुष टोली ‘च्यालेन्ज’ विधामा प्रवेश गरेको छ जहाँ तेस्रो स्थानमा रहेका टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले शनिबार कतारसँग खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |